Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

गढीमाई मेलाको सुरक्षा व्यवस्थापनमा कुनै कमजोरी नगर्न गृहमन्त्री लेखकको निर्देशन

गढीमाई मेलाको सुरक्षा व्यवस्थापनमा कुनै कमजोरी नगर्न गृहमन्त्री लेखकको निर्देशन

बुधवार , मंसिर १९, २०८१

बारा । गृहमन्त्री रमेश लेखकले गढीमाई मेलाको निरीक्षण गरेका छन्।  बाराको महागाढीमाई नगरपालिकाको बरियारपुर पुगेर गृहमन्त्री लेखकले गढीमाई माताको दर्शन र मेलाको अवलोकन तथा निरीक्षण गरेका हुन्।

गृहमन्त्री लेखकले सुरक्षा व्यवस्थापनमा कुनै कमजोरी हुन नदिने प्रतिबद्धता समेत जनाए। उनले गढीमाई मन्दिरको संरक्षणलगायत मेलालाई सभ्य र भव्य बनाउनमा सरकार प्रतिबद्ध रहेको पनि उल्लेख गरे।

विश्वप्रसिद्ध पञ्चवर्षीय गढीमाई मेला मंसिर ३० गतेसम्म चल्ने छ। उनले मेलामा दर्शनार्थीहरुको चाप बढी हुने भएपनि सुरक्षामा कुनै कसर बाँकी नरहने स्पष्ट पारे ।

गृहमन्त्री लेखकले आवश्यक परेमा थप सुरक्षाकर्मीलाई मेलामा खटाइने पनि जानकारी दिए ।

मन्दिरमा पूजा अर्चना र दर्शन पश्चात बारा र पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, बारा र पर्साका नेपाल प्रहरी, सशस्त्र प्रहरीका एसपीहरु, मधेस प्रदेशका प्रहरी प्रमुख डीआइजी, सशस्त्र प्रहरीका डीआइजीहरूलाई मेलामा सुरक्षा व्यवस्था अत्यन्तै कडा बनाई सूक्ष्म निगरानी राख्न निर्देशन गृहमन्त्री लेखकले दिए ।

मेलामा आउने हरेक श्रद्धालुभक्तजनहरुको सुरक्षामा कुनै कमी नहोस्, सुरक्षा निगरानी राख्न सीसीटीभी क्यामरा, सुरक्षा सर्वेलान्स, हरेक उपकरणको प्रयोग गरेर निगरानी गर्न समेत सुरक्षा निकायलाई उनले निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077