Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

स्वरसम्राट नारायण गोपालको ३४ औं स्मृति दिवस आज, विविध कार्यक्रम गरी मनाइँदै

स्वरसम्राट नारायण गोपालको ३४ औं स्मृति दिवस आज, विविध कार्यक्रम गरी मनाइँदै

बुधवार , मंसिर १९, २०८१

काठमाडौं । स्वरसम्राट नारायण गोपालको ३४ औं स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइदैँ छ ।

असंख्य कालजयी गीतका सर्जक तथा जादुमय स्वरका धनी स्वरसम्राट नारायणगोपालको जन्म बुबा आशगोपाल गुरुवाचार्य र आमा रामदेवी गुरुवाचार्यको कोखबाट १९९६ असोज १८ गते काठमाडौंमा भएको थियो ।

उनको विसं २०४७ मंसिर १९ गते ५१ वर्षको उमेरमा निधन भयो। नेपाली सांगीतिक क्षेत्रमा गहिरो प्रभाव छाडेर संसारबाट विदा भएका स्वरसम्राट अहिले पनि जनजनको मनमनमा जीवन्त जस्तै छन्।

उनका कालजयी गीतहले नेपाली गीत संगीतको स्वरुप नै बदलिदिएको छ। प्रेम र देशभक्ति गीत गाउन मनपराउने स्वरसम्राट शब्द र संगीतमा निकै ध्यान दिन्थे। उनका सबै गीत कालजयी छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077