Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

आजको मौसम : तराईमा हुस्सु र कुहिरो, यातायात सेवा प्रभावित हुनसक्ने

आजको मौसम : तराईमा हुस्सु र कुहिरो, यातायात सेवा प्रभावित हुनसक्ने

बुधवार , मंसिर १९, २०८१

काठमाडौं । पश्चिमी वायुको प्रभाव कायमै रहेको छ । जसको प्रभावले कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली हुने छ भने देशका अन्य क्षेत्रको मौसम बुधबार मुख्यतया सफा रहने छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार राती कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेपनि अन्य भागको मौसम मुख्यतया सफा रहने छ ।

यस्तै तराई र उपत्यकाका केही स्थानहरूमा हुस्सु तथा एकदुई स्थानमा कुहिरो लागेको छ ।

कुहिरो र हुस्सुले दैनिक जनजीवन, यातायात तथा हवाई सेवामा क्षणिक असर पर्नसक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077