Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

नेपाललाई ९ अर्ब अनुदान दिने चिनियाँ राष्ट्रपति सीको घोषणा

नेपाललाई ९ अर्ब अनुदान दिने चिनियाँ राष्ट्रपति सीको घोषणा

मंगलवार , मंसिर १८, २०८१

काठमाडौं । चीनले नेपाललाई ९ अर्ब रूपैयाँ अनुदान सहयोग गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङले यस्तो घोषणा गरेका हुन् ।

प्रधानमन्त्री ओलीको चीन भ्रमणको क्रममा यससँगै दुई देशबीच विभिन्न सहमति र समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

मंगलबार बिहान प्रधानमन्त्री ओली र चिनियाँ समकक्षी ली छ्याङबीच भएको दुईपक्षीय भेटवार्तापछि दुई देशका अधिकारीहरूबीच विभिन्न सहमति र समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

नेपाल र चीनबीच टोखा–छहरे सुरुङमार्ग निर्माणसम्बन्धी समझदारीपत्रमा दुवै देशका सम्बद्ध अधिकारीले हस्ताक्षर गरेर आदानप्रदान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077