Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

अमेरिकी सहायक विदेशमन्त्री लु नेपाल भ्रमणमा आउँदै

अमेरिकी सहायक विदेशमन्त्री लु नेपाल भ्रमणमा आउँदै

मंगलवार , मंसिर १८, २०८१

काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू नेपाल भ्रमणमा आउने भएका छन् ।

उनी मंसिर २३ देखि २५ गतेसम्म काठमाडौं आउन लागेका हुन् । लू दक्षिण एसिया भ्रमणको क्रममा भारत र श्रीलंकाको भ्रमण गरेर नेपाल आउन लागेका हुन् ।

उनी नेपाल भएर अमेरिका फर्किने तालिका रहेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

उक्त अवसरमा नेपालमा जलवायु संरक्षण, दिगो विकासलगायतका विषयमा छलफल गर्ने कार्यक्रम रहेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा उनले युवाहरूसँग साक्षात्कार गर्नेछन् भने केही नेतासँग पनि भेटवार्ता गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077