Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

सर्केगाडको उपाध्यक्षमा माओवादीकी देवकी १६३७ मतसहित विजयी, रास्वपाले ल्यायो २५ मत !

सर्केगाडको उपाध्यक्षमा माओवादीकी देवकी १६३७ मतसहित विजयी, रास्वपाले ल्यायो २५ मत !

मंगलवार , मंसिर १८, २०८१

हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।

माओवादीकी देवकी तिमल्सिना एक हजार ६३७ मतसहित निर्वाचित भएकी हुन् ।

उनी कांग्रेसकी सविता बुढालाई ४३ मतले हराउँदै निर्वाचित भइन् । उनकी निटतम प्रतिद्वन्द्वी बुढाले एकहजार ५९५ मत ल्याइन् । तेस्रो भएकी एमालेकी जाना शाहीले ११ सय ३२ मत ल्याइन् ।

त्यस्तै, राप्रपाकी संगीता शाहीले ५१ तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की बाँचा बुढाले २५ मत ल्याइन् ।

०७९ मा माओवादीका चन्द्रसिंह कार्कीले तीन हजार २६९ मत ल्याएर निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077