Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

समविकास नेपालले गर्‍यो आगलागी पीडितलाई राहत सामग्री सहयोग

समविकास नेपालले गर्‍यो आगलागी पीडितलाई राहत सामग्री सहयोग

शुक्रवार , मंसिर १४, २०८१

अछाम । अछामको चौरपाटी गाउँपालिका-३ गगुडाका आगलागी पीडित परिवारलाई राहत वितरण गरिएको छ ।

समविकास नेपालले आगलागीबाट घर नष्ट भएका पारू साउदको परिवारलाई करिब २० हजार बराबरको राहत सामग्री सहयोग गरेको हो ।

समविकासद्धारा सञ्चालित महिला सशक्तिकरण परियोजना अन्तर्गत आगलागी पीडित परिवारलाई राहत सामग्री हस्तान्तरण गरिएको बताइएको छ । बुधबार गाउँपालिकाका उपाध्यक्ष सरदेबी खड्का र समविकास नेपालका प्रतिनिधिसहितको टोलीले सोही स्थानमा पुगेर राहत सामग्री हस्तान्तरण गरेको थियो ।

पीडित परिवारलाई राहत स्वरुप चामल, दाल, तातो लुगा, ब्ल्याकेट, चिनी, चियापत्ती, तेल, नुन लगायत करिब २० हजार बराबरको राहत सामग्री हस्तान्तरण गरिएको समविकास नेपालले जनाएको छ ।

सहयोग हस्तान्तरण कार्यक्रममा पालिकाका उपाध्यक्षसहित वडा नम्बर ३ का अध्यक्ष बिरेन्द्र साउँद, प्रमुख प्रशासकीय अधिकृत धन बहादुर थापा अन्य जनप्रतिनिधि, समविकास नेपालका प्रतिनिधि र स्थानीयको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077