Online Nepal
  • शनिबार, २० पुष २०८१
  • कैलालीमा ३३ औँ अपांगता दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम गरिँदै

    कैलालीमा ३३ औँ अपांगता दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम गरिँदै

    अनलाइन नेपाल
  • शुक्रबार, १४ मंसिर २०८१
  • 141
    SHARES

    धनगढी । राष्ट्रिय अपांग महासंघ नेपाल सुदूरपश्चिम प्रदेशले अपांगता भएका व्यक्तिहरुको ३३ औँ अन्तराष्ट्रिय दिवसको अवसरमा साप्ताहव्यापी कार्यक्रम गर्दैछ ।

    शुक्रबार धनगढीमा पत्रकार सम्मेलन गर्दै महासंघले शुक्रबारदेखि नै साप्ताहव्यापी कार्यक्रम आयोजना गरिएको जानकारी दिएको हो ।



    ३ डिसेम्बरमा मनाइने ३३ औँ अन्तराष्ट्रिय दिवसको अवसरमा शुक्रबारदेखि २० मंसिरसम्म सञ्चालन हुने कार्यक्रम अन्तरगत विभिन्न खालका गतिविधी आयोजना गरिने छन् ।



    महासंघका सुदूरपश्चिम अध्यक्ष मानबहादुर साउदका अनुसार पहिलो दिन पत्रकार सम्मेलन, १३,१४ र १५ गते ओठ तथा तालु फुटेकाहरुको निःशुल्क शल्यक्रिया शिविरको प्रचारप्रसार, लालझाडीमा अपांगता पहिचान शिविर सञ्चालन, १५ गते धनगढीमा सफसफाई कार्यक्रम, लालझाडीमा अन्तरक्रिया, १६ र १९ मंसिरमा कक्षा ९ देखि १५ सम्मको हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको छ ।

    मंसिर १८, १९ र २० गते धनगढीमा प्रर्दशनी मिनी महोत्सवको आयोजना गरिएको छ । महोत्सवमा सुदूरपश्चिमको कला, संस्कृति प्रवद्र्धन गर्न सांस्कृतिक कार्यक्रम गरिने आयोजकले जनाएको छ । महासंघले अपांगता भएका व्यक्तिहरुको वृद्धिविकासमा काम गर्दै आएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार