Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

नुहाउन गएका दुई युवकको डुबेर मृत्यु

नुहाउन गएका दुई युवकको डुबेर मृत्यु

शुक्रवार , मंसिर १४, २०८१

रौतहट । रौतहटको गरुडा–२ गेडहीगुठीस्थित लमाहा खोलामा नुहाउन गएका दुईजना युवकको डुबेर मृत्यु भएको छ ।​

गरुडा नपा–२ गेडाहीका देवालाल साहको छोरा १८ वर्षीय जितेन्द्र साह र उमेश साहको छोरा १८ वर्षीय राजीव साहको लमाह खोलामा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो ।

आज दिउँसो नुहाउन गएका दुई युवा बेपत्ता भएको खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल ११ नम्बर गण तथा सुरक्षा बेस दुधियाभार र नेपाल प्रहरीको सहयोगमा उद्धार गरेको थियो ।

डुबेका दुवै जना व्यक्तिलाई अचेत अवस्थामा खोलाबाट उद्धार गरी एम्बुलेन्समा बेटर नेपाल मल्टी स्पेसलिटी हस्पिटल गरुडामा उपचारको लागि पठाइएको भए पनि दुवै जनालाई अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077