Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

रामेछाप सुमो दुर्घटनामा गोकुलगंगा ४ का वडाध्यक्षको मृत्यु

रामेछाप सुमो दुर्घटनामा गोकुलगंगा ४ का वडाध्यक्षको मृत्यु

शुक्रवार , मंसिर १४, २०८१

काठमाडौं । रामेछापमा भएको सुमो दुर्घटनामा परी गोकुलगंगा गाउँपालिका–४ का वडाध्यक्षको मृत्यु भएको छ।

काठमाडौंबाट रामेछाप जाँदै गरेको ७१२३ नम्बरको सुमो दुर्घटना हुँदा वडाध्यक्ष रामचन्द्र बस्नेतसहित ५ जनाको मृत्यु भएको हो।

गोकुलगंगाको फर्पु जिरोकिलोबाट नमाडीतर्फ जाने बाटोमा सिमखोला भन्ने स्थानमा सुमो दुर्घटना भएको थियो।

दुर्घटनामा परेर वडाध्यक्ष बस्नेतसहित अन्य पाँच जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गाडीमा ८ जना सवार थिए । अन्य तीन जनाको उद्धार गरेर अस्पतालतर्फ पठाइएको छ ।

सुमो झण्डै पाँच सय मिटर तर खसेको छ । वडाध्यक्ष बस्नेत गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।

घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077