Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

भैंसेपाटी हनि ट्रयापिङ प्रकरण : ताज इस्लाम जेल चलान, प्रहरीसहित तीन जना रिहा

भैंसेपाटी हनि ट्रयापिङ प्रकरण : ताज इस्लाम जेल चलान, प्रहरीसहित तीन जना रिहा

बिहिवार , मंसिर १३, २०८१

काठमाडौं । ललितपुरको भैंसेपाटी प्रभागमा व्यापारीलाई थुनामा राखेर पैसा असुलिएको घटनाका योजनाकार ताज इस्लाम जेल चलान भएका छन् ।

जिल्ला अदालत, ललितपुरले बिहीबार थुनछेक आदेश दिदै इस्लामलाई पुर्पक्षका लागि थुनामा पठाउने अन्य तीन जनालाई धरौटी र सामान्य तारेखमा छाड्न भनेको छ ।

न्यायाधीश टेकराज जोशीको इजलाशले सुष्मा विकसँग २ लाख र भिमादेवी थापासँग एक लाख धरौटी माग गरेको छ । सहायक हवल्दार महेन्द्र हमाललाई सामान्य तारेखमा छाड्ने आदेश भएको छ ।

हवल्दार हमालले तत्कालिन इन्सपेक्टर बिनुकुमारी शाहीको निर्देशनमा पक्राउ परेका व्यापारीलाई पैसा हाल्न बैंकसम्म पठाएका थिए ।

निलम्बित इन्सपेक्टर शाही र गिरोहका सदस्य दर्शन पोखरेल फरार छन् । उनीहरुले बलात्कार मुद्दामा फसाइदिने भन्दै बार्गेनिङ गरेर पैसा असुलेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077