Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

मकवानपुरमा कन्टेनर पल्टिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

मकवानपुरमा कन्टेनर पल्टिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

बिहिवार , मंसिर १३, २०८१

मकवानपुर । मकवानपुरको हेटौँडामा कन्टेनर पल्टिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

पूर्वपश्चिम राजमार्गस्थित मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१५ चुरियामाईमा कन्टेनर पल्टिएको हो।

वीरगन्जजबाट काठमाडौं जाँदै गरेको मधेस प्रदेश०३-००१ ख ६७३८ नम्बरको मोबिल लोड गरिएको कन्टेनर अनियन्त्रित भई सडकमा पल्टिएको थियो।

दुर्घटनामा गाडी चालक मकवानपुरको मनहरी गाउँपालिका-६ निवासी करिब ३० वर्षीय महेश मोक्तान घाइते भएका छन्। उनको दाहिने हातमा चोट लागेको मकवानपुर प्रहरीले जनाएको छ।

चालक मोक्तानको उपचार हेटौँडा अस्पताल भइरहेको छ। दुर्घटनापछि राजमार्गको दुवैतर्फ यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।

घटनास्थलमा प्रहरी परिचालन गरी क्रेनको सहायताले कन्टेरन उठाई सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077