Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

चौरपाटीका आगलागी पीडित परिवारलाई राहत सामग्री सहयोग

चौरपाटीका आगलागी पीडित परिवारलाई राहत सामग्री सहयोग

बुधवार , मंसिर १२, २०८१

अछाम । अछामको चौरपाटी गाउँपालिका-३ गगुडाका आगलागी पीडित परिवारलाई राहत वितरण गरिएको छ ।

गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग र मालिका विकास संघ नेपाल परियोजनाद्धारा सञ्चालित एकिृत सामुदायिक विकास परियोजना अन्तर्गत बुधबार आगलागीबाट घर नष्ट भएका पारू साउदको परिवारलाई राहत सामग्री हस्तान्तरण गरिएको हो ।

गत असोज ८ गते बालबालिका खेल्ने क्रममा आगलागी हुँदा घर पुरै जलेर नष्ट भएको थियो । बुधबार एक कार्यक्रमकाबीच सो परिवारलाई गाउँपालिकाका उपाध्यक्ष सरदेवी खड्का र मालिका विकास संघका प्रतिनिधिले २१ हजार बराबरको राहत सामग्री हस्तान्तरण गरेको हो ।

परियोजना अधिकृत टिकाराम ढुंगानाले चामल दुई बोरा, दाल १२ किलो, तेल १० लिटर, बिस्तारा २ वटा, बाटा, बाल्टीन, मग, कपि दुई दर्जन, सिसाकलम दुई दर्जन, स्कुल ड्रेस दुई जोर गरी करिब २१ हजार रुपैयाँ बराबरको सहयोग गरिएको जानकारी दिए । चौरपाटी गाउँपालिका र वडा नम्बर ३ को सहजीकरणमा राहत वितरण गरिएको बताइएको छ ।

सहयोग हस्तान्तरण कार्यक्रममा पालिकाका उपाध्यक्षसहित वडा नम्बर ३ का अध्यक्ष बिरेन्द्र साउँद, प्रमुख प्रशासकीय अधिकृत धन बहादुर थापा अन्य जनप्रतिनिधि, मालिका विकास संघका प्रतिनिधि र स्थानीयको सहभागिता रहेको थियो । साथै आगलागी पीडितको घर पनि निर्माण गरिदिने तयारी रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077