Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

बुधवार , मंसिर १२, २०८१

काठमाडौं । वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा मकनवानपुरको बकैया गाउँपालिका-५ घर भई हाल काठमाडौं नागार्जुन नगरपालिका-५ सितापाइला बस्ने ३९ वर्षीय सुवर्ण कुमार बल र सर्लाही ब्रम्हपुरी गाउँपालिका-३ घर भई काठमाडौंको टोखा नगरपालिका-८ बस्ने २८ वर्षीया मनिषा कुमारी रहेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरूमध्ये सुवर्णले क्रोएसिया पठाइदिन्छु भन्दै एक जना पीडितबाट १५ लाख रूपैयाँ र मनिषाले दुवई पठाइदिन्छु भन्दै एक जना पीडितबाट २ लाख ४५ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएका थिए ।

पैसा लिएर सम्पर्कविहीन भएपछि उनीहरुविरुद्ध पीडितहरूले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी दिएका थिए ।

प्रहरीका अनुसार सुवर्णलाई काठमाडौं बाफलबाट सोमबार र मनिषालाई काठमाडौं नयाँबसपार्कबाट मंगलबार पक्राउ गरिएको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077