Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड कालोपत्र हुँदै

मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड कालोपत्र हुँदै

बुधवार , मंसिर १२, २०८१

गलकोट । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको १३ किलोमिटर कालोपत्र प्रायः पूरा भएको छ ।

हालसम्म १० किलोमिटर ‘पिच’ भएको छ । अछेते बजारदेखि बिहुँ–बयलडाँडा खण्डमा ग्राभेलको काम जारी छ ।

“दश किलोमिटरमा सिंगल कोट कालोपत्र भयो बाँकी आगामी पुस मसान्तसम्ममा पूरा गर्ने लक्ष्यका साथ धमाधम काम भइरहेको छ”, निर्माण व्यवसायी राजु गौतमले भने ।

लोकमार्गअन्तर्गत बागलुङ खण्डमा १४२ किलोमिटर पर्छ । सदरमुकाम बागलुङ बजारबाहेक अन्य स्थानमा चार वर्षअघि नै कालोपत्र भएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077