Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

किशोरलाई लागूऔषध खुवाएर कुटपिट गर्ने तीन जना पक्राउ

किशोरलाई लागूऔषध खुवाएर कुटपिट गर्ने तीन जना पक्राउ

मंगलवार , मंसिर ११, २०८१

काठमाडौं । कैलालीमा दुई किशोरलाई अपहरण गरी बन्धक बनाएर कुटपिट गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कैलालीकै गोदावरी नगरपालिका–१, अत्तरियाका २४ वर्षीय भूपी खड्का, धनगढी–१, सन्तोषी टोलमा बस्दै आएका कञ्चनपुरको बेलौरी नगरपालिका–५ का १८ वर्षीय किशोर र डडेलधुराको अमरगढी नगरपालिका–१का १८ वर्षीय किशोर छन् ।

उनीहरुले धनगढी उपमहानगरपालिका–४, तारानगरमा डेरा गरी बस्दै आएका दुई किशोरलाई बन्धक बनाएर कुटपिट गरेको आरोप छ ।

सोमबार उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

धनगढी–४, तारानगरस्थित एक घरमा बन्धक बनाएर लागूऔषध खुवाई खुकुरी देखाएर तीनजना मिलेर आइतबार कुटपिट गरेको पीडितको भनाइ छ ।

उक्त उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077