Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

सातौँ सामाजिक सुरक्षा दिवस आज

सातौँ सामाजिक सुरक्षा दिवस आज

मंगलवार , मंसिर ११, २०८१

काठमाडौं । सरकारले आज सातौँ सामाजिक सुरक्षा दिवस मनाउँदैछ ।

सामाजिक सुरक्षा कोषको स्थापना सामाजिक सुरक्षा (व्यवस्थापन कोष तथा सञ्चालन) नियमावली, २०६७ जारी भई यसकै आधारमा २०६७ साल चैत ७ गते भएको थियो ।

सामाजिक सुरक्षा योजनाहरुको औपचारिक शुभारम्भ भने २०७५ मङ्सिर ११ गते भएको थियो । त्यसैले कोषले मङ्सिर ११ गतेलाई सामाजिक सुरक्षा दिवसको रुपमा मनाउने गर्दछ ।

सामाजिक सुरक्षा कोषमा रोजगारदाता र स्वरोजगारहरुलाई समावेश गरेर पुग्दो र दीगो पेन्सनको सुविधा सुनिश्चित गर्ने बाटोमा अग्रसर भएको कोषले जनाएको छ । यस्तै सबै नेपालीलाई गुणस्तरीय स्वास्थ्य सेवामा पहुँचको दिशामा पनि कोष सफल हुँदै गइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077