Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

झण्डै एक हप्तादेखि अवरुद्ध भएको राहदानी सेवा सञ्चालनमा

झण्डै एक हप्तादेखि अवरुद्ध भएको राहदानी सेवा सञ्चालनमा

मंगलवार , मंसिर ११, २०८१

काठमाडौं । कम्प्युटर प्रणालीमा समस्या देखिएर अवरुद्ध भएको राहदानी वितरण सेवा हिजो बेलुकादेखि सञ्चालनमा आएको छ ।

राहदानी विभागले सूचना निकालेर गएको बुधवारदेखि अवरुद्ध भएको सेवा अब पूर्ण रुपमा सञ्चालन भएको जानकारी दिएको हो ।

सेवा सञ्चालन भएसँगै अत्यावश्यक परेर विभागबाट सेवा लिन चाहने सेवाग्राहीले अनलाइन फाराम भरी विभागमा आवेदन दिनसक्ने व्यवस्था मिलाइएको विभागले जनाएको छ ।

यसैगरी जिल्लारइलाका प्रशासन कार्यालयहरू तथा विदेशमा रहेका नेपाली नियोगहरुमा क्रमशः सेवा विस्तार गरिने यसअघिको सूचनाअनुरूप काम भइरहेकाले आज मङ्गलवारदेखि परीक्षणको काम शुरू गरिने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077