Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

परराष्ट्रमन्त्री राणा भन्छिन् - प्रधानमन्त्री ओलीको चीन भ्रमणबारे कुनै विवाद छैन

परराष्ट्रमन्त्री राणा भन्छिन् - प्रधानमन्त्री ओलीको चीन भ्रमणबारे कुनै विवाद छैन

सोमवार , मंसिर १०, २०८१

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले प्रधानमन्त्रीको चीन भ्रमणबारे कांग्रेस र एमालेमा कुनै विवाद नरहेको बताएकी छन् ।

चीन भ्रमणका एजेण्डाबारे प्रधानमन्त्री ओलीले आयोजना गरेको छलफलमा परराष्ट्रमन्त्री देउवाले यस्तो बताएकी हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारीबारे सरकारमा सहभागी दुई मुख्य दल एमाले र कांग्रेसबीच सल्लाह भइरहेको परराष्ट्रमन्त्री देउवाले बताईन् ।

परराष्ट्रमन्त्री देउवाले बाहिर हल्ला भएजस्तो विवाद नभएको जिकिर गरिन् ।

उनले प्रधानमन्त्रीको यो चीन भ्रमण सफल बनाउन नेकपा एमाले र नेपाली कांग्रेस दुवै लागिपरेको बताइन् ।

प्रधानमन्त्री ओली यही मंसिर १७ गते चीन भ्रमणमा जाँदैछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077