Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

प्रभु बैंकका सिइओ शेरचन भन्छन्–अतिरञ्जित तवरले समाचार प्रकाशित भयो

प्रभु बैंकका सिइओ शेरचन भन्छन्–अतिरञ्जित तवरले समाचार प्रकाशित भयो

सोमवार , मंसिर १०, २०८१

काठमाडौं । अनलाइन नेपाल डटकममा प्रकाशित समाचारलाई लिएर प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) अशोक शेरचनले खण्डन गरेका छन् ।

अनलाइन नेपालमा मंसिर ७ गते शुक्रबार ‘भट्टचनको अर्बौं अपचलनमा शेरचनको साथ, राष्ट्र बैंक र प्रहरी नै रमिते !’ शिर्षकमा प्रकाशित समाचारप्रति उनले खण्डन गर्दै केही बुँदामा असहमति जनाएका हुन् ।

अनलाइन नेपालको आधिकारिक इमेलमा ‘झुट्ठा एवं भ्रामक समाचारको खण्डन गरिएको सम्बन्धमा ।’ भन्ने विषय उल्लेख गरी शेरचनले खण्डनपत्र पठाएका छन् ।

खण्डपत्रमा उनले त्यसअघि प्रकाशित भएका समाचारमा पनि असहमति जनाएका छन् । तर, उनले प्रष्ट रुपमा कुन कुन बुँदामा असहमति जनाएका हुन् भन्ने बारे भने खुलाउन सकेका छैनन् ।

उनले खण्डन पत्रमा भनेका छन्–‘अनलाइन नेपालबाट आम पाठकहरुलाई नकारात्मक सोच एवं गलत धारणा बनाउन प्रेरित गर्ने उद्देश्यले मेरो तस्विर सहित मेरो व्यक्तिगत चरित्र हत्या गर्ने एवं सामाजिक प्रतिष्ठामा प्रत्यक्ष नकारात्मक असर पर्ने तथा प्रभु बैंक लिको सामाजिक एवं व्यवसायिक प्रतिष्ठामा आँच आउने गरी झुठा एवं भ्रामक समाचारहरु पटक–पटक प्रकाशित गर्दै आएकोमा गम्भिर ध्यानाकर्षण भएको छ ।’

प्रभु मेनेजमेन्ट कम्पनीका विषयमा अतिरञ्जित तवरले समाचार प्रकाशित भएको दावी गरेका उनले प्रभु मेनेजमेन्टका कर्मचारीहरुले प्रहरीमा दिएको जाहेरीका बारेमा भने केही उल्लेख गरेका छैनन् ।

उनले प्रेस काउन्सिल नेपाललाई बोधार्थ दिएको खण्डनमा थप भनेका छन्–‘प्रभु म्यानेजमेण्ट कम्पनीको आन्तरिक क्रियाकलाप जस्तै शेयर खरिदविक्री, कम्पनीको कारोबार समेतको विषयमा अतिरञ्जित तवरले समाचार प्रकाशित गरिएको छ ।’

समाचारमा उल्लेख भएजस्तै अनियमित रुपमा कर्जा प्रवाह भएको भए सो को नियमन गर्ने अनुगमन गर्ने निकायले नै आफ्नो नीति नियम अनुसारको निर्देशन दिने समेत उनको दावी छ ।

यस्तो छ प्रभु बैंकका सीइओ शेरचनले अनलाइन नेपालमा पठाएको खण्डन पत्र

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077