Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

पाइलटहरूको हडतालका कारण उडान प्रभावित, दुबई र मुम्बई जाने यात्रु अलपत्र

पाइलटहरूको हडतालका कारण उडान प्रभावित, दुबई र मुम्बई जाने यात्रु अलपत्र

आइतवार , मंसिर ९, २०८१

काठमाडौं । नेपाल वायुसेवा निगमका पाइलटहरूले हडताल गरेपछि दुबई जाने उडान स्थगित भएको छ ।

आइतबार १६४ जना यात्रुहरू लिएर बिहान साढे ९ बजे नै दुबईका लागि उड्नुपर्ने जहाजको उडान स्थगित भएको हो ।

सेवा सुविधा कम भएको भन्दै निगममा स्थायी पाइलटहरू आइतबारदेखि आन्दोलनमा उत्रिएका छन् ।

विमानस्थल पुगेका यात्रुहरू पाइलट आन्दोलनका कारण घण्टौँ बसेर फर्किन बाध्य भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

आइतबार मध्यान्ह साढे १२ बजे मुम्बईको लागि उडान गर्नुपर्ने निगमको जहाज अहिले राति साढे ९ बजेका लागि चेक इन भएको बताइएको छ ।

दुबईको लागि आज स्थगित भएको उडान भोलि बिहान साढे ९ बजेको लागि सेड्युल रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077