Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति

दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति

आइतवार , मंसिर ९, २०८१

काठमाडौं । काठमाडौं जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

अदालतका न्यायाधीश कमला पौडेलले आइतबार उनलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएकी हुन् ।

यही मंसिर ४ गते भक्तपुरबाट पक्राउ परेका प्रसाईंविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले कीर्ते, विद्युतीय कारोबार र सम्पत्ति शुद्धीकरणसहितका ५ वटा कसुरमा अनुसन्धान गरिरहेको छ ।

उता बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले प्रसाईंलाई सर्वोच्चमा उपस्थित गराउन आदेश गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077