Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

बालेन अनुपस्थित बैठकमा सहरी विकास मन्त्री सिंहले भने–काठमाडौंको फोहोरमा राजनीति नगरौं

बालेन अनुपस्थित बैठकमा सहरी विकास मन्त्री सिंहले भने–काठमाडौंको फोहोरमा राजनीति नगरौं

आइतवार , मंसिर ९, २०८१

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले उपत्यकामा देखिएको चुनौती र समस्या सबैको सरोकारको विषय भएकाले समाधानका लागि सबै मिलेर अघि बढ्नुपर्ने बताएका छन् ।

आइतबार सहरी विकास मन्त्रालयमा भएको फोहोरमैला व्यवस्थापन उच्चस्तरीय समितिको बैठकमा उनले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा राजनीति नगर्न पनि आग्रह गरेका छन्।

उपप्रधानमन्त्री सिंहले ल्याण्डफिल साइटका स्थानीयले राखेका माग सम्बोधन लागि विभिन्न विकल्पका बारेमा अघि बढ्न सकिने उल्लेख गर्दै फोहोरको समस्या समाधानका लागि तीनै तहका सरकार मिलेर अघि बढ्नुपर्ने बताए ।

बन्चरे डाँडा स्यानिटरी ल्याण्डफिल साइट सञ्चालनमा सहजीकरण, समन्वय र अनुगमन गर्न गठित उच्चस्तरीय समितिको बैठकले उपत्यकाको फोहोर व्यवस्थापनमा देखिएका समस्या समाधानका गर्न विभिन्न निर्णय समेत गरेको छ।

ल्याण्डफिल साइटका स्थानीयहरुले राजनीतिक दलसँग मिलेर आन्दोलन गर्दै आएका छन् ।

शहरी विकास मन्त्री प्रकाशमान सिंहसहितको बैठकमा ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनसहित प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, शहरी विकास मन्त्रालयका सचिवहरु छन् ।

बैठकमा ललितपुर महानगरपालिका प्रमुख एवं उपत्यका मेयरर्स फोरमका अध्यक्ष चिरिबाबु महर्जनले उपत्यकाको फोहोर व्यवस्थापनका लागि दिर्घकालीन समाधान खोज्नुपर्नेमा जोड दिए। उनले फोहोर व्यवस्थापनका लागि महानगरले पहल गरेपनि विभिन्न समस्या देखिने गरेको धारणा राखे।

बैठकमा धादिङको धुनिबेंसी नगरपालिका प्रमुख र नुवाकोटको ककनी गाउँपालिका अध्यक्ष पनि बैठकमा सहभागी छन् ।

उच्चस्तरीय समिति २०७८ साल फागुन २६ गतेको मन्त्रिपरिषद्को बैठकले गठन गरेको थियो।

आजको बैठकमा काठमाडौं महानगरपालिकाका मेयर बालेन साह भने उपस्थित भएनन् । काठमाडौं महानगरबाट प्रमुख कार्यकारी सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077