Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

चिकित्सा शिक्षा आयोगको बैठक बस्दै

चिकित्सा शिक्षा आयोगको बैठक बस्दै

आइतवार , मंसिर ९, २०८१

काठमाडौं । आज चिकित्सा शिक्षा आयोगको १५ औँ बैठक बस्दै छ । चिकित्सा शिक्षातर्फ स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीको मुख्य विषयलाई नसमेटीकनै प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे बैठक बस्न लागेको हो ।

चिकित्सा शिक्षातर्फ स्नातकोत्तर तह (पिजी) को भर्नाका विषयमा यस पटक निजी मेडिकल कलेज र चिकित्सा शिक्षा आयोगबिच विवाद उत्पन्न हुँदा ७५० विद्यार्थी पिजी अध्ययन गर्नबाट वञ्चित हुनुपर्ने अवस्था आएको छ ।

चिकित्सा शिक्षा आयोगका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बस्ने बैठकमा निजी मेडिकल कलेजमा पिजी भर्नाका विषयमा यस पटक देखिएको विवादले स्थान पाउनुपर्नेमा बैठकका एजेन्डामा सामान्य विषय मात्र समेटिएका छन् ।

आयोगले सदस्यहरूलाई आइतबार बस्ने बैठकका मुख्य एजेन्डाका रूपमा नौ विषय पठाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077