Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

पिकनिकबाट फर्कँदै गरेको स्कुल बस दुर्घटना हुँदा १८ विद्यार्थी घाइते

पिकनिकबाट फर्कँदै गरेको स्कुल बस दुर्घटना हुँदा १८ विद्यार्थी घाइते

शनिवार , मंसिर ८, २०८१

चितवन । चितवनको उपरदाङगढीमा पिकनिक खाएर फर्कँदै गरेको स्कुल बस दुर्घटनामा परेको छ ।

कालिका नगरपालिका-४ पदमपुरस्थित चित्रवन माविको मधेश प्रदेश ०३–०११ क २६७७ नम्बरको बस आज साँझ ५ बजे कालिका नगरपालिका-९ द्रब्यटारमा बस दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दुर्घटनामा चालकसहित १८ जना विद्यार्थी घाइते छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ ।

अहिले चितवन मेडिकल कलेजमा १० र पुरानो मेडिकल कलेजमा ८ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

३० जना विद्यार्थी सहित ३६ जना बसमा सवार रहेको बताइएको छ । पिकनिक खाएर फर्किँदै गर्दा ब्रेक फेल भएर सवारी दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077