Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

काठमाडौंका छुट्टाछुट्टै स्थानमा तीन शव फेला

काठमाडौंका छुट्टाछुट्टै स्थानमा तीन शव फेला

शनिवार , मंसिर ८, २०८१

काठमाडौं । काठमाडौंका छुट्टाछुट्टै स्थानमा शनिबार तीनजना मृतावस्थामा भेटिएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार गोकर्णेश्वर नगरपालिका, टोखा र दक्षिणकालीमा शव भेटिएका हुन् ।

गोकर्णेश्वर–१, सुन्दरीजलस्थित निमा तामाङको घरको आँगनमा सोलुखुम्बुका ५२ वर्षीय नरबहादुर राई मृत फेला परेका छन् ।

यस्तै, टोखा नगरपालिका–१०, खरिबोटस्थित सत्कार खाजा पसलका सञ्चालक सुनसरीको धरान उपमहानगरपालिकाका ५५ वर्षीय अर्जुनकुमार राई आफ्नै खाजा पसलअगाडि मृत फेला परेका छन् ।

दक्षिणकाली नगरपालिका–६ स्थित दक्षिणकाली सांस्कृतिक क्षेत्र सुधार समितिको जंगलको पानीट्यांकीनजिक खोल्सामा शनिबार बिहान एक पुरुष मृत भेटिएका प्रहरीले जनाएको छ ।

अन्दाजी ६० वर्षीय ती पुरुषको पहिचान खुलेको छैन । तीनै घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077