Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

कोशीका मुख्यमन्त्री कार्कीको घरमा शंकास्पद वस्तु फेला

कोशीका मुख्यमन्त्री कार्कीको घरमा शंकास्पद वस्तु फेला

शनिवार , मंसिर ८, २०८१

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको झापास्थित घर अगाडि शङ्कास्पद बस्तु फेला परेको छ ।

मुख्यमन्त्री कार्कीको झापास्थित निवासमा शंकास्द वस्तु भेटिएको हो ।

उक्त वस्तु भेटिएको जानकारीपछि नेपाली सेनाको टोलीले त्यसबारे अनुसन्धान गरिरहेको छ ।

गौरादह-३ स्थित निवास अघिल्तिर तारले बाँधेको दुइटा वियरको बोतलमा ‘दुर्गा माताकी जय’ लेखिएको सानो कागजको चिर्कटो समेत रहेको झापा प्रहरीले जनाएको छ ।

उक्त वस्तुलाई निष्क्रियका लागि नेपाली सेनाको टोली घटनास्थल पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077