काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ।
आज १ हजार रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख ६४ हजार रुपैयाँ पुगेको छ।
अघिल्लो दिन बुधबार प्रतितोलामा ९०० रुपैयाँले बढेको थियो। त्यसअघि मंगलबार तोलामा १ हजार १०० रुपैयाँले बढेको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुन १ लाख ६४ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
महासंघका अनुसार आज चाँदीको भाउ भने सामान्य घटेको छ।
चाँदी ५ रुपैयाँले घटेर प्रतितोला चाँदी १ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ।
Leave a Reply