Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

भरुवा बन्दुकसहित कञ्चनपुरबाट दुई जना पक्राउ

भरुवा बन्दुकसहित कञ्चनपुरबाट दुई जना पक्राउ

बुधवार , मंसिर ५, २०८१

कञ्चनपुर । भरुवा बन्दुकसहित प्रहरीले कञ्चनपुरबाट दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भिमदत्त नगरपालिका-९ टुँडीखेल बस्ने ५३ वर्षीय गगन तरामी र ५५ वर्षीय प्रेम बहादुर धामी रहेका छन् ।

उनीहरूलाई भिमदत्त नगरपालिका-९ कालीगाडा खोलाबाट भरूवा बन्दुक २ थान, बारूद २ प्याकेट, खुकुरी २ थान, बन्दुकको सिसा ३८ थान, फलामको टुक्रा २७ थान र बन्दुकको क्याप १२ थानसहित २ गएराति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय ब्रहमदेव र सशस्त्र प्रहरी बल बीओपी खल्लाबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077