Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

संविधानलाई थप विकसित र परिमार्जित गर्दै जानुपर्छ : अध्यक्ष प्रचण्ड

संविधानलाई थप विकसित र परिमार्जित गर्दै जानुपर्छ : अध्यक्ष प्रचण्ड

बुधवार , मंसिर ५, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले जनताको अपेक्षाअनुसार काम नभएको बताएका छन् ।

विस्तृत शान्ति सम्झौता भएको दिनको स्मरणमा एक भिडिओ सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

उनले संविधान सभाबाट संविधान बनिसकेपछि संघीय लोकतान्त्रिक गणतन्त्रमार्फत विकास र समृद्धीको जस्तो अपेक्षा गरेको हो त्योअनुसार नभएको भन्ने असन्तुष्टी जनतामा रहेको बताए।

अध्यक्ष प्रचण्डले सुशासन, सामाजिक न्याय र समृद्धीको पक्षमा एउटा नयाँ संकल्प आवश्यक रहेको र जरूरी पर्दा संविधानलाई अझ विकसित र परिमार्जित गर्दै जानुपर्ने बताए।

संविधानलाई अझ विकसित र परिमार्जित गर्दै जानुपर्ने अध्यक्ष प्रचण्डको भनाई छ।

उनले शान्तिका निम्ति काम गर्ने सबै राजनीतिक दल, नागरिक समाज र आम जनताप्रति आभार धन्यवाद व्यक्त गर्दै जनअपेक्षाअनुसार सुशासन, विकास र समृद्धीको पक्षमा लाग्न सबैसँग अपिल गरे।

अध्यक्ष प्रचण्डले विस्तृत शान्ति सम्झौता नै नेपालमा संविधान सभा, संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्रको आधारशीला रहेको बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077