Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

आज नेपाल आउँदै भारतका स्थल सेनाध्यक्ष द्विवेदी

आज नेपाल आउँदै भारतका स्थल सेनाध्यक्ष द्विवेदी

बुधवार , मंसिर ५, २०८१

काठमाडौं । भारतका स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी आज नेपाल आउँदै छन् । उनी चार दिने भ्रमणका लागि नेपाल आउन लागेका हुन् ।

मंसिर ६ गते राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई नेपाली सेनाबाट मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम तय भएको छ ।

नेपाल र भारतले एकअर्का देशका सेनाप्रमुखलाई मानार्थ महारथीको सम्मान दिने प्रचलन रहँदै आएको छ । द्विवेदीले राष्ट्रपति, प्रधानमन्त्री, रक्षामन्त्री र नेपाली सेनाका प्रमुखसँग औपचारिक भेटवार्ता गर्ने छन् ।

उनी सैनिक मञ्च टुँडिखेलमा वीर स्मारकमा श्रद्धाञ्जली अर्पण गर्न र अन्य सैन्य स्थलहरूको भ्रमण पनि गर्ने नेपाली सेनाले जनाएको छ ।

नेपाल र भारतबीचका क्षेत्रीय विवाद, विशेषगरी कालापानी, लिम्पियाधुरा र लिपुलेकका विवादित क्षेत्रहरूलाई लिएर तनाव बढेको बेला द्विवेदीको यो भ्रमण महत्त्वपूर्ण मानिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077