Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

दुर्गा प्रसाईंलाई आज म्याद थपका लागि अदालत लगिँदै

दुर्गा प्रसाईंलाई आज म्याद थपका लागि अदालत लगिँदै

बुधवार , मंसिर ५, २०८१

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई आज म्याद थपका लागि अदालत उपस्थित गराइँदै छ ।

साइबर अपराधको आरोपमा हिजो भक्तपुरस्थित निवासबाट पक्राउ परेका प्रसाईंलाई आज काठमाडौं जिल्ला अदालतमा पेश गर्ने तयारी भएको हो ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले हिजो नै थप अनुसन्धानका लागि साइबर ब्युरोलाई बुझाएको थियो ।

उनलाई हिजो नै अदालत लग्ने तयारी गरिए पनि अबेर भएको र कागजातहरू मिलाउनुपर्ने भएकाले आज मात्रै उपस्थित गराउन लागिएको बताइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीमाथि जघन्य आरोप लगाएपछि पक्राउ परेका प्रसाईँमाथि किर्तेसहित साईबर अपराध लगायत अन्य विविध कसुरमा पनि अनुसन्धान हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077