Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

दोस्रो चरणको आन्दोलनको स्वरुपबारे निर्णय गर्न रास्वपाको बैठक बस्दै

दोस्रो चरणको आन्दोलनको स्वरुपबारे निर्णय गर्न रास्वपाको बैठक बस्दै

बुधवार , मंसिर ५, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । बैठक दिउँसो ३ बजे पार्टी कार्यालय चमती वनस्थलीमा बस्न लागेको हो ।

सभापति रवि लामिछाने सहकारीको बचत रकम अपचलन आरोपमा पक्राउ परेपछि त्यसको विरोधमा आन्दोलन गरिरहेको रास्वपाले दोस्रो चरणको आन्दोलनको स्वरुपलगायतको विषयमा छलफल गर्न केन्द्रीय समिति बैठक बोलाएको बताइएको छ ।

यसअघि मंगलबार साँझ बसेको बैठकले ठोस निर्णय गर्न नसकेपछि पुनः बैठक बस्न लागेको हो ।

आजको बैठकले पार्टीको दोस्रो चरणको कार्यक्रमबारे ठोस निर्णय लिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077