Online Nepal
  • बुधबार, ३ बैशाख २०८२
  • तीन महिनामा भित्रियो ४ खर्ब ७ अर्ब रेमिट्यान्स

    तीन महिनामा भित्रियो ४ खर्ब ७ अर्ब रेमिट्यान्स

    अनलाइन नेपाल
  • मंगलबार, ४ मंसिर २०८१
  • 423
    SHARES

    काठमाडौं । चालु आर्थिक वर्ष २०८१–८२ को साउनदेखि असोज सम्ममा चार खर्ब सात अर्ब रूपैयाँ रेमिट्यान्स भित्रिएको छ।

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार साउन, भदौ र असोजमा रेमिट्यान्समार्फत ४ खर्ब ७ अर्ब ३१ करोड रुपैयाँ मुलुक भित्रिएको हो।



    पछिल्लो २२ महिनादेखि निरन्तर रूपमा मासिक एक खर्ब रूपैयाँभन्दा बढी रेमिटेन्स भित्रिरहेको छ। असोज एक महिनामा मात्रै एक खर्ब ४४ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको छ।

    गत आर्थिक वर्ष २०८०–८१ तीन महिनामा तीन खर्ब ६५ अर्ब रेमिटेन्स भित्रिएको थियो। यस वर्षको तीन महिनामा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ३ अर्ब ४ करोड पुगेको छ ।

    गत वर्ष यस्तो आप्रवाह २ अर्ब ७६ करोड रहेको थियो । यो तीन महिनामा एक अर्ब ५४ करोड रूपैयाँ रेमिटेन्सको रूपमा बाहिरिएको छ। तीन महिनामा वैदेशिक रोजगारीमा जानेको संख्यामा ४।८५ प्रतिशतले बढेको छ।

    गत आर्थिक वर्षमा भने एक लाख ६२ हजार जनाले नयाँ र पुनः श्रम स्वीकृति लिएकोमा यस वर्ष स्वीकृति लिनेको संख्या एक लाख ७० हजार बढी छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार