Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सौराहाको होटल जंगल क्राउन ‘४ तारे’ बन्दै, सोमबार ४० कोठे भवनको शिलान्यास

सौराहाको होटल जंगल क्राउन ‘४ तारे’ बन्दै, सोमबार ४० कोठे भवनको शिलान्यास

सोमवार , मंसिर ३, २०८१

चितवन । सौराहाको बाघमारास्थित होटल जंगल क्राउन प्रा.लिले ‘४ तारे’ होटलका लागि भवन निर्माण गर्न थालेको छ ।

आज (सोमबार) प्रा.लिका अध्यक्ष तिलचन्द्र भट्टराई भट्टराई र पूर्वपर्यटन मन्त्री प्रेम आलेले नयाँ बन्ने तीन तल्लाको ४० कोठे भवनको शिलान्यास गरेका हुन् ।

अध्यक्ष भट्टराईका अनुसार सञ्चालनमा आएको १० वर्षपछि होटललाई स्तरोन्नति गरेर चार तारे बनाउन लागिएको हो । अब होटल जंगल क्राउन प्रा.लि ‘४ तारे’ होटल बन्नेछ ।

यो होटलमा अहिले ४३ कोठा छन् । पाहुनालाई स्वीमिङ पुल, स्पा र हेल्थ क्लबको समेत सुविधा दिने गरी सरकारले तोकेको मापदण्ड पूरा गरेर चार तारेमा स्तरवृद्धि गर्न लागेको अध्यक्ष भट्टराईले जानकारी दिए ।

भवनमा फरक–फरक स्वाद र परिकारका रेष्टुरेन्ट, ५ सय बढी क्षमताको मिटिङ हल, ४ वटा स्वीट रुमसहित ३६ वटा डिलक्स कोठा, २ वटा स्वीमिङ पुल, स्पा, हेल्थ क्लबलगायत सम्पूर्ण सुविधासहितको होटल बनाउन सुरु गरिएको होटल जंगल क्राउनका सञ्चालक तथा कार्यकारी प्रमुख सन्तोष गिरीले बताए ।

निर्माण सुरु भएको २ वर्षभित्र नयाँ कोठाहरु सञ्चालन ल्याउने लक्ष्य लिइएको छ । दुई विघा बढी क्षेत्रफलमा स्तरबृद्धि हुन लागेको होटल जंगल क्राउनमा झन्डै एक अर्ब रुपैयाँ लगानी हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077