Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

प्रधानमन्त्री ओलीको चीन भ्रमणबारे छलफल गर्न संसदीय समितिको बैठक आह्वान

प्रधानमन्त्री ओलीको चीन भ्रमणबारे छलफल गर्न संसदीय समितिको बैठक आह्वान

बिहिवार , कार्तिक २९, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे छलफल गर्न संसदीय समितिको बैठक आह्वान गरिएको छ।

प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले प्रधानमन्त्री ओलीको चीन भ्रमणबारे छलफल गर्न बैठक आह्वान गरिएको हो।

संसदीय समितिको बैठक सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्नेछ ।

प्रधानमन्त्रीको चीन भ्रमणका सम्बन्धमा छलफल गर्न अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले आगामी आइतबार बिहान ११ बजे बैठक राखेको हो।

प्रधानमन्त्री ओली आगामी मंसिर १७ गते पाँचदिने औपचारिक भ्रमणका लागि चीन जाँदै छन् ।

प्रधानमन्त्रीको चीन भ्रमणमा बीआरआई कार्यान्वयन योजनामा हस्ताक्षर गर्ने लगायतको तयारी रहेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077