Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • विश्वकै प्रदूषित सहर बन्यो काठमाडौं

    विश्वकै प्रदूषित सहर बन्यो काठमाडौं

    अनलाइन नेपाल
  • बिहिबार, २९ कार्तिक २०८१
  • 117
    SHARES

    काठमाडौं । काठमाडौं विश्वकै छटौं प्रदूषित सहर बनेको छ । बिहीबार बिहान काठमाडौं विश्वकै छैटौँ प्रदूषित सहर बनेको हो ।

    स्विटजरल्याण्ड मुख्यालय रहेको आईक्यूएअरका अनुसार यो समाचार तयार पार्दासम्म काठमाडौंको प्रदूषण १ सय ७० एक्यूआई मापन गरिएको छ ।



    यो सूचकांक १०० देखि माथि पुग्नु मानव स्वास्थ्यका लागि हानिकारक मानिन्छ ।  यस्तो वायुमा धेरै समय बिताए स्वास्थ्यमा प्रतिकूल असर देखाउन सक्छ ।



    पाकिस्तानको लाहोर विश्वकै प्रदूषित सहरको शीर्ष स्थानमा कायम रहेको छ । त्यहाँको एक्यूआई ७०८ रहेको छ ।

    यो निकै खतरनाक मानिन्छ । उता, भारतको नयाँ दिल्ली दोस्रो स्थानमा रहेको छ । त्यहाँ एक्यूआई ४२४ मापन गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार