Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

ब्राजिलको सर्वोच्च अदालत परिसरमा विस्फोट हुँदा एक जनाको मृत्यु

ब्राजिलको सर्वोच्च अदालत परिसरमा विस्फोट हुँदा एक जनाको मृत्यु

बिहिवार , कार्तिक २९, २०८१

एजेन्सी । ब्राजिलको सर्वोच्च अदालत परिसरमा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ।

राजधानी ब्रासिलियामा रहेको सर्वोच्च अदालत परिसरमा विस्फोट हुँदा एक जनाको मृत्यु भएको हो।

सर्वोच्च अदालतसँगै संसद भवन र राष्ट्रपतिको कार्यालय समेत अवस्थित रहेको राजधानीको केन्द्रमा बुधबार साँझ दुई पटक विस्फोटको आवाज सुनिएको थियो।

ब्रासिलियाका डेपुटी गभर्नर सेलिना लिआओका अनुसार गत बुधबार साँझ अदालत प्रवेश गर्न खोजेका एक व्यक्तिलाई प्रहरीले रोकेको थियो। त्यति नै बेला विस्फोटको आवाज सुनिएको थियो।

त्यतिबेला न्यायाधीशहरूले भर्खरै सुनुवाइ सकाएका थिए। विस्फोटको आवाज सुनिनेबित्तिकै उनीहरूलाई बाहिर निकालिएको थियो।

लगत्तै प्रहरीले भवनको बाहिरी भागमा एक जनालाई मृत फेला पारेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077