Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • उद्योगीलाई प्राधिकरणले भन्यो – १५ दिनभित्र बक्यौता तिर्नू, नभए पुनः प्रक्रिया अघि बढ्छ

    उद्योगीलाई प्राधिकरणले भन्यो – १५ दिनभित्र बक्यौता तिर्नू, नभए पुनः प्रक्रिया अघि बढ्छ

    अनलाइन नेपाल
  • बिहिबार, २९ कार्तिक २०८१
  • 147
    SHARES

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको डेडिकेटेड फिडर तथा ट्रंकलाइनबाट विद्युत् आपूर्ति सुविधा लिएका उद्योगहरूको बक्यौता महसुल १५ दिनभित्र बुझाउन आग्रह गरेको छ । बिहीबार प्राधिकरणले सूचना जारी गर्दै त्यस्ता उपभोक्तालाई १५ दिनभित्र बक्यौता तिर्न आउन भनेको हो ।

    मन्त्रिपरिषद्को कात्तिक २५ को बैठक र प्राधिकरण सञ्चालक समितिको कात्तिक २७ को बैठकबाट बक्यौता महसुल १५ दिनभित्र असुलउपर गर्ने निर्णय भएको भन्दै प्राधिकरणले तोकिएको समयभित्र बक्यौता बुझाउन आग्रह गरेको छ ।



    “वितरण केन्द्रहरूबाट सम्बन्धित उद्योगको २०७२ माघदेखि २०७५ वैशाखसम्म टीओडी मिटरमा रेकर्ड भएको डिमान्ड तथा आईआई र टाइम इन्टरभलमा रेकर्ड भएको खपत इनर्जीको आधारमा गणना गरिएको छुट बिल प्राप्त गर्नु भएकै होला,” प्राधिकरणले बिहीबार सार्वजनिक सूचना जारी गर्दै भनेको छ ।



    बिल अनुसारको बक्यौता महसुल १५ दिन (मंसिर १२ गते) भित्र सम्बन्धित वितरण केन्द्रमा बुझाउन प्राधिकरणले निर्देशन दिएको छ । तोकिएको समयमा बक्यौता महसुल भुक्तानी नभए नियमानुसार प्रक्रिया अगाडि बड्ने प्राधिकरणले चेतावनी दिएको छ । विद्युत महशुलको बक्यौता नतिरेको भन्दै प्राधिकरणले विभिन्न उद्योगमा लाइन काटेको थियो।

    मन्त्रिपरिषद्को कात्तिक २५ गते बसेको बैठकले लाइन काटिएका उद्योगहरूमा एक साताभित्र लाइन जोडिसक्न प्राधिकरणलाई निर्देशन दिएको थियो । सोही निर्देशन अनुसार प्राधिकरणले उद्योगहरूमा लाइन जोडिसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार