Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

मोटरसाइकल चेकजाँच गर्दा भेटियो ३६ किलो चरेस, चालकसहित दुईजना फरार

मोटरसाइकल चेकजाँच गर्दा भेटियो ३६ किलो चरेस, चालकसहित दुईजना फरार

बिहिवार , कार्तिक २९, २०८१

धनगढी । धनगढीमा प्रहरीले ३६ किलो चरेस बरामद गरेको छ ।

बुधबार साँझ धनगढी उपमहानगरपालिका-५ को लब्ली चोकबाट प्लास्टिकसहित ३६ किलो ६६५ ग्राम चरेस बरामद गरिएको हो ।

वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक योगेश खत्री नेतृत्वको टोलीले लब्ली चोकमा मोटरसाइकल चेकजाँच गर्दा चरेस बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलाले जनाएको छ ।

तर, चरेस बोकेको १०७२ नम्बरको एनएस प्लसरका चालक र पछाडि सवार भने फरार भएका छन् । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077