Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

भैरहवामा रवि लामिछानेसँग आज पनि बयान लिइँदै

भैरहवामा रवि लामिछानेसँग आज पनि बयान लिइँदै

बिहिवार , कार्तिक २९, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग आज पनि बयान लिइँदैछ ।

बुटवलको सुप्रिम सहकारी ठगीमा मंगलबार र बुधबार गरी १३ घण्टाभन्दा बढी उनीसँग बयान लिइएको छ । तर बयान नसकिएकाले आज बिहान १० बजेदेखि फेरि लामिछानेसँग बयान लिइन लागिएको हो ।

गोर्खा मिडिया नेटवर्क मार्फत सुप्रिम सहकारीको रकम अपचलन गरेको सम्बन्धमा जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा उनको बयान लिइएको हो।

जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलसहित सरकारी अनुसन्धान अधिकृतहरूको टोलीले बुधबार करिब १० घण्टाभन्दा बढी समय बयान लिएको थियो  ।

लामिछानेको बयान सम्भवतः आज सकिने छ । सुप्रिम सहकारीको रकम अपचलन गरेको आरोपमा कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई मंगलबार रुपन्देही ल्याइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077