Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

रवि लामिछानेसँग बुधबार लिइयो १० घन्टा बयान, बिहीबार पनि जारी रहने

रवि लामिछानेसँग बुधबार लिइयो १० घन्टा बयान, बिहीबार पनि जारी रहने

बुधवार , कार्तिक २८, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग बुधबार करिब १० घन्टा बयान लिइएको छ ।

गोर्खा मिडिया नेटवर्क मार्फत बुटवलस्थित सुप्रिम सहकारीको रकम अपचलन गरेको सम्बन्धमा जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा उनको बयान लिइएको हो ।

जिल्ला न्यायाधीवक्ता प्रेमराज पौडेलसहित न्यायाधिवक्ता र प्रहरी अधिकारीहरूले लामिछानेसँग बयान लिएका थिए । स्रोतका अनुसार आज लामिछानेसँग ५० भन्दा बढी लिखित प्रश्न सोधिएको थियो । सबाल जवाफमा लामिछानेले आरोप अस्विकार गर्दै आएका छन् ।

सुप्रिम सहकारीको रकम अपचलन गरेको आरोपमा कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई मंगलबार रुपन्देही ल्याइएको थियो । मंगलबार पनि लामिछानेसँग ५ घण्टा बयान लिइएको थियो ।

मंगलबार र बुधबार गरी १३ घण्टा लामो बयान लिइँदा समेत बयान लिने कार्य अझै सकिएको छैन । अब बिहीबार पनि उनीसँग बयान लिइने छ । लामिछानेलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासत कक्षमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077