Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

आफ्नै साथीको प्रेमिकासँग फेसबुकमा चिनजान, खेतबारीमा बलात्कार !

आफ्नै साथीको प्रेमिकासँग फेसबुकमा चिनजान, खेतबारीमा बलात्कार !

बुधवार , कार्तिक २८, २०८१

धनगढी । कैलालीमा आफ्नै साथीको प्रेमिकामाथि जबरजस्तीकरणी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलारी गाउँपालिका-९ गदरियाका डिगा भनिने २४ वर्षीय रनबिर राना रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सोही ठाउँ बस्ने १६ वर्षीया धनगढी-४९ लाई जबरजस्तीकरणी गरेको किटानी जाहेरीका आधारमा रानालाई पक्राउ गरिएको हो ।

ती किशोरी उनकै मिल्ने साथीको प्रेमिका भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार युवतीको फोटो देखाएका आधारमा ती युवकले युवतीलाई फेसबुकमा साथी बनाए ।

उनीहरू दुवैको फेसबुकबाटै चिनजान भयो । उनीहरुले फेसबुकमै कुराकानी गर्न थाले । सोही क्रममा ती युवकले यही कार्तिक २४ गते राति किशोरीलाई उनको घर नजिकैको खेतबारी बोलाए । खेतबारीमै उनले ती युवतीमाथि जबरजस्तीकरणी गरे ।

किशोरी चिच्याएपछि स्थानीयले घटनाबारे थाहा पाएको प्रहरीले जनाएको छ । उक्त घटना गाउँमै मिलाउने प्रयास समेत भएको थियो तर पीडित पक्षले नमान्दा प्रहरीसम्म पुगेको हो । अहिले ती युवकलाई पक्राउ गरेर कैलाली प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077