Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि प्रकाश भुजेल पक्राउ

गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि प्रकाश भुजेल पक्राउ

बुधवार , कार्तिक २८, २०८१

काठमाडौं । दुर्घटना गराएर फरार भएका प्रकाश भुजेल पक्राउ परेका छन् । आफूलाई झाँक्रीको रुपमा चिनाउने भुजेललाई प्रहरी वृत्त बौद्धको टोलीले जोरपाटी क्षेत्रबाट पक्राउ गरेको हो ।

उनले चलाएको बा१९ च २६९५ नम्बरको गाडीले ठक्कर दिँदा बुधबार मोटरसाइकल चालकको मृत्यु भएको थियो ।

उपचारको क्रममा कागेश्वरी मनोहरा नगरपालिका–२ घर भएका नारायण नगरकोटीले ज्यान गुमाएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

मोटरसाइलको पछाडि बसेकी उनकी श्रमती किसानुमाया नगरकोटी भने घाइते छिन् ।

काठमाडौंको शंखरापुर नगरपालिका–९ स्थित साँखु–थली सडक खण्डमा दुर्घटना भएको बताइएको छ । भुजेललाई प्रहरी वृत्त बौद्धमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077