Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

विश्वकपमा छनोट यू–१९ महिला क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले दिए बधाई

विश्वकपमा छनोट यू–१९ महिला क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले दिए बधाई

बुधवार , कार्तिक २८, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक विश्वकपमा छनोट भएको यू–१९ महिला क्रिकेट टोलीलाई बधाई दिएका छन् ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्चालमार्फत महिला टोलीलाई बधाई दिएका हुन् ।

प्रधानमन्त्री ओलीले भनेका छन्, 'महिला क्रिकेटमा नेपालले पहिलो पटक विश्वकप खेल्नेछ बधाई टिम नेपाल ।'

बुधबार संयुक्त अरब इमिरेट्स (यूएई)को अजमानमा भएको खेलमा आयोजक यूएईमाथि आठ विकेटको ऐतिहासिक जित निकाल्दै नेपाल विश्वकपका लागि छनोट भएको हो ।

यू–१९ विश्वकप क्रिकेट अर्को वर्ष मलेसियामा आयोजना हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077