Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • बाकुमा कोप-२९ आजबाट, जलवायुजन्य जोखिमका उदाहरण दिँदै नेपाल

    बाकुमा कोप-२९ आजबाट, जलवायुजन्य जोखिमका उदाहरण दिँदै नेपाल

    अनलाइन नेपाल
  • सोमबार, २६ कार्तिक २०८१
  • 210
    SHARES

    काठमाडौं । अरजरबैजानको बाकुमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) आजदेखि सुरु भएको छ ।

    कोप नोभेम्बर २२ तारिख अर्थात् मंसिर ७ गतेसम्म चल्ने छ ।



    नेपालका तर्फबाट कोप सम्मेलनमा भाग लिन राष्ट्रप्रमुख रामचन्द्र पौडेल आइतबार बाकु प्रस्थान गरिसकेका छन् ।



    उनले यस वर्षको कोपमा हिमाल र पृथ्वीको सुरक्षाका लागि आवाज उठाउँदै छन् । १९२ भन्दा बढी देशहरूको राष्ट्रप्रमुखदेखि उच्च पदस्थ अधिकारीहरू सामु उनको हिमालको सुरक्षाको मुद्दालाई प्राथमिकताका साथ प्रस्तुत गर्ने कार्यक्रम तय भएको राष्ट्रपतिकोे सचिवालयले जनाएको छ ।

    सचिवालयका अनुसार उनले जलवायु परिवर्तनको असरका कारण बढेको जोखिमका उदाहरण प्रस्तुत गर्नेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार