Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

कालीकोट दुर्घटना अपडेट : मृतक ६ जनाको पहिचान खुल्यो, घाइतेको हेलिकप्टरमार्फत उद्धार

कालीकोट दुर्घटना अपडेट : मृतक ६ जनाको पहिचान खुल्यो, घाइतेको हेलिकप्टरमार्फत उद्धार

आइतवार , कार्तिक २५, २०८१

कालीकोट । कालीकोटको पलाँता गाउँपालिका–३ राडुनेटामा आइतबार भएको जीप दुर्घटनामा परेर मृत्यु भएका ६ जनाको पहिचान खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतका अनुसार मृत्यु हुनेमा पलाँता गाउँपालिका–६ की दशकला शाही, सोही ठाउँका पदम बम, भगवती रोकाया र गणेश शाही, पलाँता–५ की छाया शाही तथा पलाँता–३ का दमन रोकाया रहेका छन् ।

यस्तै, दुर्घटनामा परेर घाइते हुनेहरूमा पलाँता–६ का केशव थापा, किशोर थापा, विजय थापा, रिदम शाही, प्रतिक्षा शाही, आशिष रोकाया र भुपेन्द्र रोकाया, पलाँता–३ का दानबहादुर रोकाया, निर्मला रोकाया र जगत रोकाया, ठेगाना नखुलेका जीपका चालक धनिराम रावत तथा पलाँता–५ का दोली विक र आयुशा विक रहेका प्रहरीले जनाएको छ ।

घाइते १३ जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि कर्णाली प्रादेशिक अस्पताल सुर्खेत पुर्‍याइएको प्रहरीले जनाएको छ । पलाँता गाउँपालिका–५ खिनदेखि थिर्पुतर्फ जाँदै गरेको कर्णाली प्रदेश ००१ ज ५६ नम्बरको जीप दुर्घटनामा परेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077