Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

अख्तियारको ऐन संशोधन विधेयकबारे छलफल गर्न उपसमिति गठन

अख्तियारको ऐन संशोधन विधेयकबारे छलफल गर्न उपसमिति गठन

आइतवार , कार्तिक २५, २०८१

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विधेयकबारे छलफल गर्न संसदीय उपसमिति गठन भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग २०४८ लाई संशोधन गर्न बनेको विधेयकबारे छलफल गर्न प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले १२ सदस्यीय उपसमिति गठन गरेको हो ।

उपसमितिको संयोजक हृदयराम थानी छन् ।

उपसमितिको सदस्यहरुमा सांसदहरू अशोक कुमार राई, चन्दा कार्की भण्डारी, दिलेन्द्र प्रसाद बडू, प्रकाश अधिकारी, बुद्धिमान तामाङ, रघुजी पन्त, राजेन्द्रप्रसाद पाण्डे, लिलानाथ श्रेष्ठ, सरिता प्रसाई, सवेन्द्र नाथ शुक्ला र हितराज पाण्डे सदस्य छन् ।

राज्य व्यवस्था तथा सुशासन समितिका अनुसार उपसमितिले यो विधेयकमा सहमति जुटाएर मूल समितिमा पेश गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077