Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • बस र हायस एकापसमा ठोक्किँदा चार जनाको मृत्यु, ६ घाइते

    बस र हायस एकापसमा ठोक्किँदा चार जनाको मृत्यु, ६ घाइते

    अनलाइन नेपाल
  • शुक्रबार, २३ कार्तिक २०८१
  • 1.3K
    SHARES

    चितवन । चितवनको भरतपुर महानगरपालिका-२९ सत्रकिलोमा बस र हायस एकापसमा ठोक्किँदा चार जनाको मृत्यु भएको छ ।

    आज बिहान मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको बा.प्र. ०६–००१ ज. ०२९८ नम्बरको इलेक्ट्रिक हायस र नारायणगढबाट मुग्लिङ तर्फ जाँदै गरेको बा.प्र. ०३–००१ ख. २८१२ नम्बरको बस एक आपसमा ठोक्किँदा चार जनाको मृत्यु भएको हो ।



    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा हायसमा सवार गोरखा आरुघाट– १ मान्बु बस्ने वर्ष ४० का राज बहादुर गुरुङ, नामथर वतन नखुलेकी एक महिला, दुई पुरुष रहेका छन् ।



    दुर्घटनामा बसमा सवार ४ जना र हाइसमा सवार दुई जना घाइते भएका छन् । सहचालक भोज बिक्रम शाहसमेत घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको चितवन प्रहरीले जनाएको छ ।

    प्रहरीले बस चालक मकवानपुर हेटौडा उ.म.न.पा-९ का सुर्य विक्रम बिष्टलाई नियन्त्रणमा लिएको छ । दुबै सवारी साधन घटनास्थलमानै रहेका छन् भने बाटो एकतर्फि सुचारु गरिएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार