Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ

बिहिवार , कार्तिक २२, २०८१

काठमाडौं । बिहीबार छठ पर्वको मुख्य दिन व्रतीहरूले अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन् ।

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठको बिहीबार मुख्य दिन हो । शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ समापन हुन्छ ।

उखुको लाक्रा,ठेकुवा, केराको घरीलगायत ७० प्रकारका पूजा सामग्री व्रतीहरू अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन्।

आज रातभर नदी किनारमा हालिएको पालमुनि जाग्राम बसेर बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिने परम्परा छ। रातभर पूजा सामग्री छठी घाटमै राखेर व्रतीहरू छठी घाटमा बस्ने गरेका छन्।

बिहान स्नान गरी चोखोनितो गरेर बसेका व्रर्तालुले भोलि उदाउँदो सूर्यलाई अर्घ्य दिएर यो पर्व समापन गरिन्छ। छठ पर्व मनाएमा मनोकाङ्क्षा पूरा हुने, छाला एवं आँखाका रोग नलाग्ने धार्मिक विश्वास छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077